कैलालीमा निषेधाज्ञा उल्लघंन गर्ने सवारी साधनलाई कारबाही, ७ हजार ५ सय राजश्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली

१२ वटा सवारी साधनलाई कारबाही
फाइल तस्बिर

धनगढी: कैलालीमा निषेधाज्ञा जारी भएको तेस्रो दिन दिन एक हजार २४३ सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार निषेधाज्ञा उल्लघंन गर्ने एक हजार २४३ सवारीसाधनलाई नियन्त्रणमा लिइएको हो ।

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लघंन गर्ने साना तथा ठुला सवारी साधन गरी एक हजार २४३ लाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले जानकारी दिए ।

यस्तै निषेधाज्ञा उल्लघंन गर्ने १२ वटा सवारी साधनलाई कारबाही गरी ७ हजार ५ सय राजश्व संकलन गरिएको छ । नियन्त्रणमा लिएका सवारीसाधनलाई होल्ड गरेर सम्झाई बुझाई गरेर छाड्ने गरिएको प्रहरी निरिक्षक बोहराले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार