किन हुन्छ शरीरमा अक्सिजन को कमी ? अक्सिजन कम हुँदा यी कुराहरुमा ध्यान दिनूस् !

शरीरमा अक्सिजन कम हुँदा के गर्ने ?

अक्सिजन

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट नेपालसहित विश्व नै आक्रान्त बनिरहको छ । प्रतिदिन सङ्क्रमितको संख्या बढ्दै गइरहेकाे छ। अस्पतालका शय्या भरिएका छन्। सङ्क्रमितहरु उपचार संगसंगै अक्सिजनको कमीले मृत्यु बरण गरिरहेका छन् । मानिस बाँच्ने नै अक्सिजनले हो । अक्सिजन बिना कुनैपनी जीवित प्राणी बाँच्न सम्भव छैन ।

फोक्सोमा पुगेको हावाबाट अक्सिजन रगतमा भएको हेमोग्लोविनसँग शरीरको विभिन्न भागमा पुग्छ। यसको मात्रा पल्स अक्सिमिटरले सजिलैसँग नाप्न सकिन्छ। ९५ वा माथिकालाई नर्मल मानिन्छ। दमका बिरामीमा ८८ प्रतिशतभन्दा कमलाई घटेको मानिन्छ।

यस्ता छन् रगतमा अक्सिजन कम हुने कारणहरु

फोक्सोमा पानी जमेको छ भने रगतमा अक्सिजन कम हुने गर्छ ।‌

मुटुको धमनीमा रगत जमेको छ भने रगतमा रगतमा अक्सिजनको मात्रा कमी हुन्छ ।

जो मानिस नियमित चुरोट तान्छ, उसको शरीरमा अक्सिजनको कमी हुन सक्छ ।

जो मानिस फोक्सोको रोगी छ, उसलाइ अक्सिजनको कमी हुन सक्छ ।

मुटुको रोगी हुनेहरुलाई पनि रगतमा अक्सिजन कम हुने गर्छ ।

दमको रोगी मानिसलाइ पनि अक्सिजन कम हुने गर्छ।

निमोनिया भएको मानिसको शरीरमा पनि अक्सीजन कम हुने हुन्छ ।

भाइरस सँक्रमण हुँदा पनि शरीरमा अक्सिजनको मात्रा कम हुने गर्छ ।

शरीरमा रगतको मात्रा कमी हुँदा पनि अक्सिजनको मात्रा कमी हुनसक्छ ।

उच्च हिमाली भागहरुमा जाँदा त्यहाको वातावरणमा अक्सिजनको कमि हुने हुँदा मानिसलाइ लेक लाग्ने गर्दछ। लेक लाग्नु भनेको शरीरले प्रसस्त मात्रामा अक्सिजन प्राप्त गर्न नसक्नु हो ।

रगतमा अक्सिजन कम हुँदा यी कुराहरुमा ध्यान दिनुहाेस्

चुरोट तथा सुर्तीको सेवन नगर्ने ।

धेरै मात्रामा फलफुल तथा सागपात खाने ।

धेरै मात्रामा पानी वा झोलिलो खानेकुरा खाने ।

धुँवा मा नबस्ने ।

विभिन्न ग्याँस तथा प्लान्टहरु नजाने वा जानै परेमा सेफ्टीको प्रयोग गरेर मात्र जाने

गहिरो स्वास लिने । स्वास तान्ने र एक मिनेट जति रोकेर विस्तारै छोड्ने ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार