नेपाल सुपर लिग : बुटवल लुम्बिनी एफसी र काठमाण्डौ रेजर्स खेल्दै

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा

नेपाल सुपर लिग

काठमाण्डाै: नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज बुटवल लुम्बिनी एफसी र काठमाण्डौ रेजर्स खेल्दैछन् ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने खेल बेलुकी साढे पाँच बजे सुरु हुने छ ।

तीन खेलमा ५ अङ्क जोडेर तेस्रो स्थानमा रहेको बुटवल आज काठमाण्डौलाई पराजित गर्न सकेमा शीर्ष स्थानमा उक्लने छ । बुटवलले पहिलो खेलमा पोखरालाई हराएको थियो । चितवन र विराटनगरसँग भने बराबरी खेलेको थियो ।

बुटवललाई पराजित गरेमा काठमाण्डौ शीर्ष दुईभित्र उक्लने छ । काठमाण्डौ ३ खेलमा ४ अङ्क जोडेर पाँचौं स्थानमा छ । पहिलो खेलमा ललितपुरलाई हराएको काठमाण्डौ दोस्रो खेलमा धनगढीसँग पराजित भएको थियो । तेस्रो खेलमा काठमाण्डौले पोखरासँग बराबरी खेलेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार