कञ्चनपुरमा प्रशासनको आदेश विपरीत बिहेमा जन्ती गएका ४५ जनालाई  कारबाही, ५ घण्टा चौरमा उभाइयो

कञ्चनपुरमा बिहेमा जन्ती गएका ४५ जनालाई कारवाही
कञ्चनपुर: कञ्चनपुर प्रशासनले जारी गरेको नियमको अवज्ञा गर्ने एक विवाहमा हिँडेको बसलाई कारबाही गरिएको छ । प्रशासनको आदेश विपरीत कार्य गरेको भन्दै बसलाई ५ घण्टा होल्ड गरिएको हो ।
कञ्चनपुर प्रशासनले विवाहमा १५ जना भन्दा बढी जन्ती लैजान नपाउने आदेश जारी गरे पनि विवाहमा ४५ जना लैजाँदै गरेको बसलाई होल्ड गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक केशव भट्टले जानकारी दिए ।
कञ्चनपुरको सुखासालबाट भाँसी जाँदै गरेको विवाहको बसमा ४५ जना जन्ती रहेको पाइएकाले सबैलाई बस सहित मञ्चमा लगेर ५ घण्टा होल्ड गरिएको निरीक्षक भट्टले बताए ।
दुलहा तथा अन्य लाई विवाहको लागि पठाइए पनि जन्तीहरू भने दिउसो १२ बजे देखी बेलुकी ५ बजे सम्म मञ्चमा बसेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार