अक्सिजन ग्यास उत्पादनका लागि जनशक्ति, विद्युतीय लगायतका समस्या हल गर्न सहयोग गर्छौँ:मन्त्री सुवेदी

अक्सिजन ग्यास उत्पादनका लागि जनशक्ति, विद्युतीय लगायतका समस्या हल गर्न सहयोग गर्छौं मन्त्री सुवेदी

धनगढी: कोभिड अस्पतालहरूमा अक्सिजनको अभाव हुन थालेपछि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी सहितको टोलीले मालिका ग्यास उद्योगमा अनुगमन गरेको छ । ग्यास उद्योगमा हिजो राती खराबी आएको गुनासो आएपछि मन्त्री सुवेदीसहितको टोलीले ग्यास उद्योगमा अनुगमन गरेको हो ।

उद्योगको अनुगमन गर्दै मन्त्री सुवेदीले सरकारी अस्पताल र कोभिड उपचार गर्ने अस्पताललाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्न निर्देशन दिएका छन् । ग्यास सञ्चालनका लागि पेस्की रकम, जनशक्तिको व्यवस्थापन गर्न र विद्युतीय समस्या लगायतका समस्या समाधान गर्न मन्त्रालयले साथ दिने उनले बताए ।

साथै मन्त्री सुवेदीले पुरा क्षमता अनुसार ग्यास उत्पादन गर्न समेत निर्देशन दिएका छन् । अनुगमनमा मन्त्री कृष्णराज सुवेदी, सामाजिक विकास समितिका सभापति कुन्ती जोशी र प्रदेश सचिव रघुराम विष्टको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार