अक्सिजनको कालोबजारीको विषयमा फेसबुकमा भ्रामक सामग्री लेखेको भन्दै धनगढीका १ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कैलाली

धनगढी : प्रहरीले धनगढीबाट एक जनालाई फेसबुकमा भ्रामक सामग्री लेखेको भन्दै पक्राउ गरेको छ । कैलालीको धनगढीबाट फेसबुकमा अक्सिजन कालोबजारीको विषयमा स्ट्याटस लेख्ने तेज खड्कालाई पक्राउ गरिएको हो ।

उनले फेसबुकमा औषधी आपूर्तिकर्ता दुष्यन्त बस्नेतले अक्सिजनको कालोबजारी गरेको भन्दै स्ट्याटस लेखेका थिए ।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले उनलाई सोधपुछका लागि पक्राउ गरिएको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार