फेसबुकमा स्ट्याटस लेख्ने धनगढीका २ जना नियन्त्रण मुक्त लेख्छन्, ‘मामाघरबाट फिर्ता’

मामाघरबाट फिर्ता
धनगढीः प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा भ्रामक सामग्री लेखेको भन्दै पक्राउ गरेका धनगढीका २ जनालाई छाडेको छ । फेसबुकमा अक्सिजन कालोबजारीको विषयमा स्ट्याटस लेखेको भन्दै धनगढीका तेज खड्का र मदन भट्टलाई पनि नियन्त्रणमा लिइएको थियो।
दुवै जनालाई सोधपुछपछि छाडिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । छुटेपछि तेज खड्काले फेसबुकमा स्ट्याटस राख्दै मामाघरबाट घर फिर्ता भएको बताएका छन् ।

उनीहरू दुवैले फेसबुकमा औषधि आपूर्तिकर्ता दुष्यन्त बस्नेतले अक्सिजनको कालोबजारी गरेको भन्दै स्ट्याटस लेखेका थिए।<

मामाघरबाट घर फिर्ता😎

Posted by Tez Khadka on Wednesday, May 5, 2021 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार