नेत्री रामकुमारी झाँक्रीको झोक: ‘हामी त डुब्छौँ नै, तिमीलाई पनि लिएरै डुब्छौँ’

नेत्री रामकुमारी झाँक्रीको झोक: ‘हामी त डुब्छौँ नै, तिमीलाई पनि लिएरै डुब्छौँ’

रामकुमारी झाँक्री

नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले दम्भ, अहङ्कार र जिद्दी त्याग्न आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ सङ्केत गर्दै उहाँले यदि सत्यानाश हुनबाट र डुब्नबाट जोगिनु छ भने बेलैमा बुद्धि पुर्‍याउन आग्रह गर्नुभएको छ ।

उहाँले आफूमात्रै नडुब्ने र डुब्नै परे सबैलाई लिएर डुब्नेसमेत बताउनुभएकाे छ । उहाँले भन्नुभएको छ, ‘हामी त डुब्छौँ नै । हामी सत्यानाश हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ ।

यदि तिमी सत्यानाश हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार