अमरगढी नगरपालिकाले मेयर, उपमेयर चढ्ने गाडी एम्बुलेन्स र टिप्पर लाई सव वहान बनाउने

डडेल्धुराको अमरगढी नगरपालिका

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकाले मेयर, उपमेयर चढने गाडी लाई एम्बुलेन्स, टिप्पर लाई सब वहान बनाउने अमरगढीको घोषणा गरेको छ । विश्व नै कोरोना भाइरसले आक्रान्त भई रहेका यो विषम समयमा डडेल्धुरामा पनि कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको बेलामा पालिकाले उक्त निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी लाल बहादुर साउदले बताए ।

सात स्थानीय तह मध्ये सदरमुकाममा रहेको अमरगढी नगरपालिकाका जन प्रतिनिधिहरूले आफूले चढ्ने सरकारी गाडी लाई एम्बुलेन्स बनाउने घोषणा गरेका हुन् । जन प्रतिनिधि जनता प्रति उदासीन भएको आरोप लागिरहेका बेलामा अमरगढीकाले भने यो निर्णय जनताको हितमा रहेको देखिन्छ ।

नगर प्रमुख , उप प्रमुख चढ्ने २३९ नं वोलेरो जिप गाडी नै जनताका लागि एम्बुलेन्स बनाउने र नगरपालिकाको टिप्पर लाई सब वाहन बनाउने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी साँउदले बताए ।

आफ्नो सरकारी गाडी लाई यसरी एम्बुलेन्स र सब वहान बनाउने डडेल्धुरा पहिलो नगरपालिका रहेको छ । कोरोना नियन्त्रणका लागि सक्रिय भूमिका खेलिरहेको नगरपालिकाले आफ्ना सबै संरचना परिचालन गर्ने क्रममा ११ स्वास्थ्य संस्थामा रहेका ४३ जना र विद्यालय नर्सिङ कार्यक्रममा कार्यरत १० जना स्टाफ नर्स परिचालन गरेको छ ।  साथै टोल टोलमा स्वयंसेविका परिचालन गरेको छ ।

सुदूरपश्चिम प्रदेशको एक मात्र संघिय अस्पताल डडेल्धुरा अस्पतालमा रहेको जनशक्ति अभाव लाई राहात गर्नका लागि ४ जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार