यस कारण दुर्घटना भयो नेपालजञ्जबाट महेन्द्रनगर जाँदै गरेको अक्सिजन सिलिण्डर बोकेको ट्रक

ट्रक दुर्घटना

धनगढी: अक्सिजन ग्यासको सिलिण्डर बोकेको ट्रक कैलालीमा दुर्घटना भएको छ । जिल्लाको घोडाघोडी नगरपालिकाको डोकेबबजार क्षेत्रमा बिहिबार बिहान म १ प ३०४ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

ट्रक दुर्घटना हुदाँ चारजना घाईते भएको प्रहरीले जनाएको छ । नेपालजञ्जबाट महेन्द्रनगर जाँदै गरेको ट्रक दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।

उनका अनुसार बर्दियाका २८ बर्षिय कर्ण बहादुर थापाले चलाएको ट्रकको पछाडीको टायर पड्किदा आफै अनियन्त्रित हुन गएको हो । सो ट्रकमा नेपालजञ्जबाट महेन्द्रनगरको महाकाली अस्पतालको लागि अक्सिजन ग्यासको सिलिण्डर लिएर आउदै गर्दा ट्रक दुर्घटनामा परेको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार