SKIP THIS

धनगढी उप-महानगरपालिका

वैशाख २७ पछि संसद विघटन गरेर ओलीले देशलाई अस्थिरतातर्फ लैजान खोजेको वर्षमान पुनको दाबी

वर्षमान पुनको दाबी

काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ पछि संसद विघटन गरेर देशलाई राजनीतिक अस्थितरतातर्फ लैजान खोजेको दाबी गरेका छन् ।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग पुनले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने र त्यसलगत्तै संसद विघटन गरेर देशलाई असंवैधानिक बाटोमा लैजाने योजनामा रहेको बताए ।

गत वैशाखमा पनि कोरोनाको लकडाउनका बेलामा राजनीतिक दल फुटाउनका लागि अध्यादेश ल्याएको भन्दै पुनले ओलीले अहिले पनि देशलाई राजनीतिक अस्थिरतातिर लान खोजेको आरोप लगाए ।

त्यस्तै, नेता पुनले एमालेभित्रै माधव नेपाल पक्षले ओलीलाई विश्वासको मत नदिने पनि बताए । त्यस्तो अवस्थामा विश्वासको मतमा ओली असफल हुने र त्यसपछि आउने शून्यताको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांँग्रेससहितका दलले विकल्पको खोजी गर्ने बताए ।

प्रधानमन्त्री ओलीको राजनीतिक नियतमा नै प्रश्न रहेको भन्दै पुनले कोरोना रोकथाममा काम गर्न नसकेपछि विषयान्तर गर्न विश्वासको मत लिन लागेको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार