पछिल्लो २४ घण्टामा २७ सय ७७ जना संक्रमणमुक्त, ९ हजार ७० नयाँ संक्रमित थपिए

कोरोना अपडेट नेपाल

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ७ सय ७ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने दुई हजार ७ सय ७ सहित नेपालमा संक्रमणमुक्त हुनेको संख्या दुई लाख ९२ हजार ४ सय ९० संक्रमणमुक्त भईसकेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ९ हजार ७० कोरोना संक्रमित थपिएका छन् । एकैदिन संक्रमित हुनेको यो संख्या हालसम्म कै उच्च हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका २० हजार ३ सय ६७ पीसीआर परीक्षणमध्ये ८ हजार ९ सय ७० र सात सय ७५ एन्टीजेन परीक्षणमध्ये सय जना गरी नौ हजार ७० मा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौंका तीन हजार १ सय ६३, भक्तपुरका दुई सय ४२ र ललितपुरका पाँच सय ६७ सहित काठमाडौं उपत्यकाका मात्रै दुई हजार ९ सय ७२ रहेका छन् ।

योसँगै नेपालमा संक्रमित हुनेको कुल संख्या तीन लाख ६८ हजार ५ सय ८० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ५४ संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन हजार ५ सय २९ पुगेको छ । नेपालमा हाल ७२ हजार ५ सय ६१ सक्रिय संक्रमित रहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार