भालुको आक्रमणबाट डोटीको आदर्श गाउँपालिकामा एक महिला घाइते

भालुको आक्रमणबाट डोटीको आदर्श गाउँपालिकामा एक महिला घाइते

डाेटीमा भालुकाे आक्रमण बाट एक महिला घाइते

डोटीः डोटीको आदर्श गाउँपालिकामा भालुको आक्रमण बाट एक महिला घाइते भएकी छन् । आदर्श गाउँपालिका वडा नम्बर ५ लामीखालकी शान्ति विक जङ्गलमा घाँस काट्ने क्रममा भालुको आक्रमण  बाट घाइते भयको उनका श्रीमान् वीरेन्द्र विकले जानकारी दिएका छन्  ।

घाइते विकको अनुहार र टाउकोमा चोट लागेको छ । घाइते बिकको सुजंग अस्पताल दिपायलमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार