बिरामीको ज्यान जोगाउन हिँडेका साउदको घरमा आगलागी, लाखौँका समान जलेर नष्ट

गोदावरी नगरपालिका १२ ओलानीमा एक घरमा आगलागी

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नं १२ मा एउटा घरमा आगलागी भएको छ । आज बिहान करिब ५ बजेतिर स्थानीय दीपक साउँदको घरमा आगलागी भएको हो ।

ओलानी स्वास्थ्य चौकीका एम्बुलेन्स चालक समेत रहेको साउद आफू बिरामी लगेर काठमाडौँ गएका बेला आज बिहानै बिधुत सर्ट भएर घरमा आगलागी हुदौ लाखौँको सामाग्रीहरू जलेर नष्ट भएको स्थानीय तपेन्द्र खड्काले जानकारी दिए ।

उनको अनुसार आगलागी हुँदा घर भित्र रहेको वर्षभरिका लागि राखिएको अन्नपात , लुगा कपडा , ईलेक्टोनिक सामाग्री , घरमा रहेका काठ , अन्य फर्निचर सामाग्री गरेर १२ देखी १५ लाखको सामानहरू जलेर पुरै नष्ट भएको छ ।

घरमा आगलागी भएको देखेपछि स्थानीयहरूले आगो नियन्त्रणमा लिएकाले कुनै मानवीय क्षति हुन नपाएको खड्काले बताएका छन् ।
आगलागीपछि स्थानीय प्रहरी प्रशासन पनि पुगेर मुचुल्का बनाएर लगेको बताउँदै उनले घरधनी साउद पनि आज घर पुग्ने बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार