गायक भट्टको स्वरमा परदेशीको पिडा चित्रण गरिएको देउडा गीत ‘परदेशी भुलिग्यो’ सार्वजनिक

Pardeshi Bhuligyo|परदेशी भुलिग्यो

धनगढीः गायक भरत भट्टको स्वरमा परदेशीको पिडा चित्रण गरिएको सुदूरपश्चिमको मौलिक देउडा गीत ‘परदेशी भुलिग्यो’ सार्वजनिक भएको छ। सो गीत र गीतको श्रव्य दृश्यमा सुदूरपश्चिमको कला/सस्कृतिक सँगसँगै सुदूरपश्चिमेलीहरुको पिडा प्रस्ट झल्किने गरी तयार गरिएको छ ।

पवन भाटको सङ्गीत एरेन्ज रहेको यस गीतको म्युजिक भिडियो निर्देश गौरभ गिरीले गरेका छन् भने सम्पादन श्याम कुवरले गरेका छन् ।साथै दिपक गिरीले छायाङ्कन गरेको म्युजिक भिडियो गीतको सङ्गीत तथा शब्द सृजना भने झलक भट्टले गरेका हुन् ।

मध्य तथा सुदूरपश्चिमको मौलिक भाव बोकेको उक्त देउडा गीत एल.के प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा रामचन्द्र अधिकारीको मुख्य भूमिका रहेको छ भने साथमा सजिना लामिछाने र बाल कलाकार तपेश अधिकारीको अभिनय रहेको छ ।

हेर्नुहोस् यो भिडियो: 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार