उम्मेदवारी दिन हेलिकप्टर चढेर रामबहादुर थापा हेटौँडामा

उम्मेदवारी दिन हेलिकप्टर चढेर रामबहादुर थापा हेटौँडामा

हेलिकप्टर चढेर रामबहादुर थापा हेटौँडामा

काठमाण्डाै: राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिन गृहमन्त्री रामबहादुर थापा बादल हेलिकप्टर चढेर वाग्मती प्रदेशको सदरमुकाम हेटौँडा पुग्नुभएको छ ।

गृहमन्त्री थापा सत्तारुढ एमालेको तर्फबाट उम्मेदवार बन्नुभएको हो । एमाले बाहेकका दल र माधव नेपाल पक्ष एकैतिर हुँदा आफू पराजित हुन सक्ने भन्दै थापाले बिहानसम्म उम्मेदवारी दिन रुची देखाउनुभएको थिएन ।

यसअघि थापा वाग्मती प्रदेशबाट राष्ट्रियसभा सदस्य हुनुहुन्थ्यो । एमालेमा लागेपछि रिक्त पदमा उपचुनाव हुन लागेको हो । माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेको माधव नेपाल पक्षले सङ्घीयता विज्ञ डाक्टर खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन् ।

वाग्मती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपचुनावको लागि आज उम्मेदवारको मनोनयन हुन लागेको हो । देवकोटाले उम्मेदवारी दर्ता गराइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार