असीनापानीले बैतडीका विभिन्न स्थानमा गहुँ र तरकारी बालीमा क्षति

किसान चिन्तित

असिना पानी
फाइल तस्बिर
बैतडीः बिहीबार साँझ परेको असीनापानीले बैतडीका विभिन्न स्थानमा गहुँ बाली र तरकारी बालीमा क्षति पुर्‍याएको छ । भित्र्याउनै लागेको गुह बाली असिनापानीले सखाप पारेको सुर्नया गाउँपालिका ५ का स्थानीय देवबहादुर चन्दले बताए । उनले भने ‘असिनापानीले खेतमा भित्र्याउन लागेको गहुँ सखाप पार्‍यो । पाकेको गहुँ असिनाले नष्ट गर्दा साह्रै समस्या भएको छ ।’
बिहीबार साँझ परेको असिनाले पाकेको गहुँ बाली नष्ट गरेपछि किसानहरू चिन्तित बनेका उनले बताए । खडेरीका कारण खासै सप्रन नपाएको गहुँ बाली असिनाले सखाप पारेपछि भोकमरी हुने चिन्तामा किसानहरू रहेका छन् ।
बिहीबार साँझ परेको असिनाले बारीको गहुँ बाली पुरै सखाप पारेको सुर्नया ५ का हरिस चन्दले बताए । यस्तै असिनाले तरकारी बालीमा समेत क्षति पुर्‍याएको छ । उनले भने ‘असिनाले तरकारी र गहुँ बालीमा निकै क्षति पुर्‍याएको छ । भित्र्याउनै लागेको गहुँमा क्षति हुँदा धेरै समस्या भएको छ ।’
बैतडीमा १७ हजार ५ सय हेक्टर गहुँ खेती हुँदै आएको भए पनि यो वर्ष खडेरीका कारण गहुँको उत्पादनमा कमी आउने देखिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार