SKIP THIS

धनगढी उप-महानगरपालिका

आफूले चढ्ने गाडी बिरामी बोक्न प्रयोग गर्ने दार्चुलाका सिडिओ जोशीको घोषणा !

दार्चुलाका सिडिओ जोशीको घोषणा
दार्चुला: आफूले चढ्ने गाडीलाई बिरामी बोक्ने एम्बुलेन्सको रूपमा प्रयोग गर्ने दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धाराज जोशीले घोषणा गर्नु भएको छ ।
संसारभर महामारीको रूपमा फैलिरहेको कोरोनाको दोस्रो लहरका बेला बिरामीलाई उपचारका लागी अस्पताल सम्म लैजान उहाँले आफूले चढ्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाको स्कारपियोलाई एम्बुलेन्स रूपमा प्रयोग गर्ने घोषणा गर्नु भएको हो ।
जिल्ला प्रशासनको बा २ झ ६७ नम्बरको गाडी कोरोना भाइरस सङ्क्रमित बाहेकका बिरामीलाई बोक्ने गरी एम्बुलेन्सको रूपमा प्रयोग गर्ने घोषणा गर्नु भएको हो । प्रमुख जिल्ला अधिकारी जोशीले आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा आफूले चढ्दै आएको गाडीलाई बिरामी बोक्ने एम्बुलेन्सको रूपमा प्रयोग गर्ने घोषणा गर्नु भएको हो ।
देशै भरी कोरोनाको महामारी फैलिरहेको अवस्थामा अस्पताल तथा स्थानीय तहहरू सँग हुने एम्बुलेन्स अभावलाई मध्यनजर गर्दै कोभिड बाहेक बिरामीलाई बोक्ने उक्त गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने मौखिक रूपमा प्रमुख जिल्ला अधिकारी सिद्धाराज जोशीले घोषणा गर्नु भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार