SKIP THIS

धनगढी उप-महानगरपालिका

अत्तरिया बजारमा अनुगमनः विपतको समयमा मनलाग्दी मूल्यवृद्धि गर्ने २ मेडिकल कारबाहीमा

निषेधाज्ञाको मौका छोपी कालोबजारी बढ्दो

बजारमा अनुगमन

अत्तरिया: कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञाको मौका छोपेर अत्तरियाका व्यापारीहरूले विभिन्न समानमा मनलाग्दी मूल्यवृद्धि गरेको पाइएको छ ।

विपतको समयमा सहयोग गर्ने बेला बजार क्षेत्रका केही व्यापारीहरूले मेडिकल, किराना पसल, तरकारीमा मनलाग्दी मूल्यवृद्धि गरेको पाइएको हो ।

यसरी मनलाग्दी रूपमा मूल्यवृद्धि गर्दै व्यापारीहरूले उपभोक्ताहरूलाई ठग्न थालेपछि अत्तरिया बजारमा अनुगमन गरिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग धनगढीले बजार क्षेत्रका केही खाद्य , तरकारीका पसल र मेडिकलमा अनुगमन गरेको हो । अनुगमनका क्रममा मिति गुज्रेका अखाध्यय वस्तु , सर्जिकल मास्क, ग्लबस, सुर्तीजन्य पदार्थ तथा खाने तेल , तरकारी लगायतका वस्तुमा मूल्यवृद्धि गरिएको पाइएको छ ।

बजार क्षेत्रमा व्यापार गरिरहेको किराना पसल , अत्तरियामा रहेको कृषि हाटबजार र फलफूल ठेलाहरूमा मूल्यवृद्धिका विषयमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा विभिन्न पसलबाट म्याद गुज्रेका  अखाद्य वस्तुहरू जफत गरिएका छ भने दुई वटा मेडिकललाई कारबाही गरिएको छ । जसमा अत्तरिया हेल्थ केयरमा होलसेल १.५० रुपैयाँमा पाइने सर्जिकल मास्क १० मा बिक्री वितरण गरेको पाइएको हो ।

यस्तै अत्तरियामा रहेको दीप सुवेदी मेडिकल हलबाट मिति गुज्रेका औषधी र मास्क खरिद बिल माग गर्दा नपाइएकोले दुवै मेडिकललाई कारबाही गरिएको छ । दुवै उक्त मेडिकलहरूलाई २०÷२० हजार जरिवाना गरिएको छ ।

यस्तै अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृत कमल ब. पुन मगर , उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका प्रमुख स्वकीय सचिव हितेस ओझा , गोदावरी नगरपालिकाका नगर प्रवक्ता शर्मानन्द भट्ट , माला खेती इलाका प्रहरी कार्यालयका प्रतिनिधि, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीहरूको सहभागितामा अनुगमन गरिएको थियो ।

उपभोक्ता संरक्षण ऐन २०७५ अन्तरगत रही उनीहरूलाई कारबाही गरिएको निरीक्षण अधिकृत पुन मगरले बताए ।

भारतीय बजारबाट आएका खाद्यान्न, फलफूल र तरकारीको होलसेल व्यापारीहरूको पसलमा बिल नदिएको र उनीहरूलाई आगामी दिनमा बिल राख्न सुझाव सल्लाह सहित निर्देशन दिएको समेत उनले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार