आज कानून दिवस, सहज पहुँच र समान न्याय पद्धति विकास गर्ने प्रतिबद्धता !

भर्चुअल माध्यमबाट आपसी शुभकामना आदानप्रदान गरी मनाइँदै

कानून दिवस

आज राष्ट्रिय कानून दिवस । कोरोना महामारी नियन्त्रणका लागि देशका अधिकांश क्षेत्रमा गरिएको निशेधाज्ञाका कारण भर्चुअल माध्यमबाट आपसी शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

कानून दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जंगबहादुर राणाले आजको दिन न्याय, समानता एवम् विधिको शासनप्रति सम्मान र प्रतिवद्धता व्यक्त गर्ने दिन भएको भन्दै सहज पहुँचयुक्त तथा जनआस्थामा आधारित न्याय पद्धतिको विकास गर्न आजको दिनले थप उर्जा र हौसला मिल्ने विश्वास व्यक्त गरेका छन् ।

समानता र न्यायलाई नेपालको संविधानले आधारभूत संरचनाको रुपमा स्थापित गरेको स्मरण गर्दै प्रधानन्यायाधीश राणाले यो कानून दिवसलाई राष्ट्रिउ पर्वकै रुपमा मनाइनुपर्ने घारणासमेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रधानन्यायाधीश राणाले कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालना गरी सहययोग गर्न आग्रह पनि गरेका छन् । कोरोना महामारीका कारण अदालतको सेवा प्रवाह खुम्च्याएर जनतामा पर्न गएको असुविधालाई उनले परिस्थितिजन्य बाध्यता भनेका छन् ।

औपचारिक कार्यक्रम नहुने भएकाले आपसमा शुभकामना आदानप्रदान गरी दिवस मनाउन उनले सबैमा अपीलसमेत गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार