सशस्त्र प्रहरीद्वारा कञ्चनपुरमा अवैध सामान बरामद !

झण्डै साढे ५ लाख मूल्य बराबरको अवैध सामान बरामद

सामान बरामद

धनगढी: कञ्चनपुरमा सशस्त्र प्रहरीले झण्डै साढे ५ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी मातहतको सुरक्षा बेस र बोर्डर आउट पोष्टहरुबाट गएको मोबाइल गस्ति टोलीले ५ लाख ३४ हजार ७ सय ८० मूल्य बराबरको अवैध सामान बरामद गरेको हो।

जिल्लाका सीमा क्षेत्रबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको किराना, हार्डवेयर तथा पेन्टका सामान, मोटरसाईकल, पेय पदार्थ, युरीया मल, सुर्ती, बिँडी, प्रतिबन्धित ब्रोईलर कुखुरा तथा अण्डा बरामद गरिएको सशस्त्र प्रहरीले बताएको छ।

प्रतिबन्धित ब्रोईलर कुखुरा तथा अण्डा पशु क्वारेन्टाईन कार्यालयमा बुझाएको र अन्य सामानहरु आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाएको बताइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार