सुदूरपश्चिमको एक मात्र निजी क्षेत्रबाट सञ्चालित अक्सिजन उद्योगको प्लान्ट बिग्रिएपछि उत्पादन बन्द

अक्सिजनको हाहाकार

सुदूरपश्चिमको एक मात्र निजी क्षेत्रबाट सञ्चालित अक्सिजन उद्योगको प्लान्ट बिग्रिएपछि उत्पादन बन्द

अक्सिजनको हाहाकार

सुदूरपश्चिममा निजी क्षेत्रबाट सञ्चालित एक मात्र अक्सिजन उद्योग

धनगढी: सुदूरपश्चिममा निजी क्षेत्रबाट सञ्चालित एक मात्र अक्सिजन उद्योगको प्लान्ट बिग्रिएपछि अक्सिजनको हाहाकार भएको छ । सोमबार राति मालिका अक्सिजन ग्यास उद्योगको प्लान्ट बिग्रिएपछि उत्पादन पनि बन्द भएको छ ।

दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको उद्योगको अक्सिजन प्लान्ट सोमबार राति बिग्रिएको उद्योगका सञ्चालक विक्रम शाहले बताए । अत्यधिक तापका कारण प्लान्ट बिग्रिएको उनले बताए ।

‘मर्मत गर्नका लागि भारतको दिल्लीबाट सामान र मिस्त्री ल्याएर आउनु पर्ने भयो, केही दिन लाग्ने जस्तो छ ।’कोरोना संक्रमणका बिरामी बढेसँगै वैशाख सुरुदेखि नै अक्सिजनको संकट खेपिरहेको सुदूरपश्चिममा निजी क्षेत्रबाट सञ्चालनमा रहेको एउटा मात्रै उद्योग, त्यै पनि बिग्रिएपछि थप संकटको अवस्था आएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार