सुदूर कोरोना अपडेट : बितेको २४ घण्टामा २६९ जना संक्रमितले जिते कोरोना !

२४ घण्टामा ... जना कोरोना संक्रमितको मृत्यु

सुदूरपश्चिममा कोरोना संक्रमण

धनगढीः बुधबार सुदूरपश्चिम प्रदेशका ७ वटा प्रयोगशालामा १५३३ नमूना पीसीआर तथा ६०४ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरेर कूल २१३७ नमूना परीक्षण गर्दा ८५७ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

पीसीआर विधिबाट परीक्षण गर्दा ७४७ जना संक्रमित भेटिएका छन् भने, ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ११० जना संक्रमित फेला परेका छन्।

सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, बैतडी अस्पताल, बझाङ्ग अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १३५० जनाको नमूना परिक्षण गर्दा थप ८१८ जनामा संक्रमण पुस्टि भएको निर्देशनालयले जनाएको  छ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १ लाख ८९ हजार २२९ नमूना परीक्षण गर्दा २६ हजार ५ सय ४३ जनामा संक्रमण फेला परेको छ।

प्रदेशभर संक्रमण पुस्टि भएका १५ हजार ३ सय ९४ जनाले कोरोना जितेका छन् भने, २७० जनाको मृत्यु भएको छ।

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने, २६९ जना संक्रमित निको भएका छन्।

बिगत २४ घण्टामा कैलालीका १० जना र कञ्चनपुरका ४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार