यसरी ल्याउनुहोस् अरूको नाममा भएको नेपाल टेलिकमको सीम आफ्नो नाममा

नेपाल टेलिकमको सिमकार्ड आफ्नो नाममा छ छैन र नामको हिज्जे सही छ छैन निश्चित गर्न सकिन्छ ।

नेपाल टेलिकम

सम्भव भएसम्मका सबै सार्वजनिक सेवाहरु मोबाइल एपबाट दिने उदेश्यका साथ सरकारले ‘नागरिक एप’ सञ्चालनमा ल्याएको छ । नागरिक एपमा आफ्नो नाममा दर्ता भएको नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको फोन नम्बरबाट प्रयोग गर्न सकिन्छ ।

आफ्नो नाममा दर्ता नभएको मोबाइल नम्बरबाट नागरिक एप प्रयोग गर्न सकिदैन् । धेरै मानिसहरुले अझै पनि आफ्नो नाममा भएको सीम प्रयोग गर्दैनन् । जसले गर्दा कुनै दिन समस्यामा पर्न सक्छन् ।

आज हामी तपाईलाई अरूको नाममा भएको नेपाल टेलिकमको सीम आफ्नो नाममा कसरी ल्याउने भन्ने बारे जानकारी दिदै छौं ।

शुरूमा *९२२# डायल गरेर आफूले प्रयोग गरिरहेको नेपाल टेलिकमको सिमकार्ड आफ्नो नाममा छ छैन र नामको हिज्जे सही छ छैन निश्चित गर्न सकिन्छ ।

सिमकार्ड आफ्नो नाममा नरहेमा विवरण अद्यावधिक वा नामसारी गर्न तथा आफ्नो नामको हिज्जे सही नभएमा सच्याउनका लागि नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नु पर्दछ ।

अरुको नाममा रहेको प्रिपेड सिमकार्ड लामो समयदेखि आफैँले प्रयोग गरिरहेको अवस्थामा आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो लिएर नजिकैको दूरसञ्चार कार्यालयमा उपस्थित भई कबुलियतनामाको फाराम भरी अद्यावधिक गर्न सकिन्छ । साथै विगत ६ महिनाभित्र उक्त सिमकार्डबाट भएका केही कलहरु सोही समयमा भेरिफाई गर्नुपर्दछ ।

पोस्टपेड सिमकार्ड नामसारीका लागि हाल सिमकार्ड प्रयोग गरिरहेको व्यक्ति र कम्पनीको अभिलेखमा भएको प्रयोगकर्ता दुवै व्यक्ति दूरसञ्चार कार्यालयमा उपस्थिति हुनुपर्दछ ।

अभिलेखमा सिमकार्ड प्रयोगकर्ताको नाम भएको व्यक्ति उपस्थित हुन नसक्ने भएमा उक्त व्यक्तिको नागरिकता प्रमाणपत्रको फोटोकपी र वारेसनामा आवश्यक पर्दछ ।

साथै, सिमकार्ड प्रयोग गरिरहेको व्यक्तिको नागरिकताको सक्कल प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो आवश्यक पर्दछ ।

संस्थाको हकमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्दछ । यी कागजातहरु लिई दूरसञ्चार कार्यालयमा उपस्थित भई नियमानुसार नामसारी गर्न सकिन्छ ।

नागरिक एपबाट सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता प्रमाणपत्र, मतदाता परिचयपत्र वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्दछ ।

विभिन्न सेवाहरूलाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने नेपाल सरकारको लक्ष्यलाई सहयोग गर्नु कम्पनीको कर्तव्य भएको हुनाले कम्पनीका ग्राहकवर्गको विवरण सच्याउन, अद्यावधिक वा नामसारी गर्न तथा सो सम्बन्धमा थप सहजता प्रदान गर्न कम्पनीले अन्य आवश्यक कार्यहरु अगाडि बढाइरहेको परिप्रेक्ष्यमा आगामी दिनमा कम्पनीले थप जानकारीहरु उपलब्ध गराउने छ ।

दूरसञ्चार कार्यालयहरुबाट ग्राहकको विवरण अद्यावधिक नामसारी गर्ने तथा नाम सच्याउने कार्य प्राथमिकताका साथ गर्ने तयारी भइरहेको हुनाले आगामी हप्तादेखि थप प्रभावकारी रुपमा सो सेवा ग्राहकहरुलाई उपलब्ध हुने टेलिमकमले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार