ओलीको सपथ भोलि दिउँसो २ बजे, नेपाल पक्षका केही सांसद पनि मन्त्री बन्दै

प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीको पद तथा गोपनियताको सपथ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ  : प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीको पद तथा गोपनियताको सपथ शुक्रबार दिउँसो २ बजे हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको संसदीय दलको नेता भएकोले ओलीलाई संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

वैशाख २७ गते प्रतिनिनिधि सभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका ओली बिहीबार पुन: नियुक्त भएका हुन् । ‘सपथ ग्रहणको कार्यक्रम भोलिको लागि तय भएको छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘प्रधानमन्त्रीसँगै माधवकुमार नेपाल पक्षका केही सांसद पनि मन्त्रीको सपथ ग्रहण हुने भनिए पनि सूची स्पष्ट छैन् ।’  -इकागजबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार