दयाहाङ राईद्वारा निर्देशित नाटक ‘मितज्यू’ युट्युबमा, यस्तो छ ट्रेलर ?

मितेरी साइनो लगाउने यहाँको पुुरानो प्रचलन

मितेरी साइनो लगाउने यहाँको पुुरानो प्रचलन

काठमाडौं: नेपालमा रगतको साइनोबाट नजोडिएकाहरू ‘मितेरी’ साइनोले जोडिन्छन् । मितेरी साइनो लगाउने यहाँको पुुरानो प्रचलन हो ।

यही ‘मितेरी’ साइनोको कथा बोकेको मण्डला नाटकघरको ‘मितज्यू’ नाटक दर्शकले अब शुक्रबारदेखि युट्युबमा हेर्न पाउने धएका छन् । सोमनाथ खनाल खनालद्वारा लिखित र दयाहाङ राईद्वारा निर्देशित यस नाटकले दर्शकलाई पञ्चायत कालमा फर्काउने छ । नाटकको परिवेश पञ्चायतकालीन नेपालको पूर्वी भेगको रहेको छ । दुई वृद्ध मितज्यूहरूको स्मृतिमार्फत नाटकको कथा बग्दछ ।

हुन त यो नाटक ७ वर्षअघि मण्डलामै मञ्चन भैसकेको नाटक हो । तर अहिले भने मुख्य पात्र यथावत नै र केही नयाँ पात्रहरूको साथ थोरै पुर्नलेखन र परिकल्पनामा नाटक अनलाइन प्लेटफर्ममा प्रस्तुत हुन लागेको हो ।

मण्डला टिम यो नाटक लिएर मोबाइल थिएटरको कन्सेप्टका साथ देशका विभिन्न ठाँउमा गएर देखाउने योजनामा थियो । तर कोरोना कहरले योजना पुरा हुन नपाएपछि युट्युबमार्फत नै भएपनि ल्याउने तयारी गरिएको हो ।

त्यसैले नाटक रिहर्सलदेखि नै यो युट्युब रिलिजलाई ध्यान दिएर छायांकन गरिएको हो ।

दुई वृद्ध मितज्यूहरुको नजरबाट सांस्कृतिक सम्पदाको महत्व र समुदायहरूबीच सद्भावको भावना नाटकले प्रस्तुत गर्न खोजेको मण्डलाले जानकारी दिएको छ । नाटकले पूर्वी नेपालमा रहेका विभिन्न जाति र भाषिका समुदायलाई प्रस्तुत गरेको छ ।

नाटक वैशाख ३१ गते (शुक्रबार) मण्डला थिएटरको आधिकारिक युट्युब च्यानलमा साँझ ५ बजे रिलिज हुँदैछ । यस नाटकमा बुद्धि तामाङ, बिजय बराल, सृजना सुब्बा, विकास जोशी, अंकित खड्का, उमेश तामाङ, अनुप न्यौपाने लगायतको अभिनय रहेको छ ।

नाटककाे ट्रेलर हेर्नुहाेस् ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार