नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावललाई पितृ शोक !

शेरबहादुर रावल

धनगढी: सुदूरपश्चिम प्रदेश सभा नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावललाई पितृ शोक परेको छ ।

रावलका बुबा शेरबहादुर रावलको १०१ वर्षको उमेरमा शुक्रवार करिब पौने ५ बजेतिर निधन भएको हो । विक्रम संवत् १९७७ साल माघमा अछामको पुल्लेतोलामा जन्मिनु भएका स्वर्गीय रावल साबिक बराला पुल्लेतोला पञ्चायतको पटक पटक प्रधानपञ्च हुनुभएको थियो । उहाकाे दाहसंस्कार टिकापुरको सन कट्टी घाटमा शनिवार हुने बताइएको छ ।

नेपाली काँग्रेस क्षेत्र नं १ कैलालीले समाजसेवी रावलको निधनमा शोक वक्तव्य जारी गरी आत्मा शान्तिको कामनाका साथै परिवारजनमा समवेदना प्रकट गरेको छ |

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार