एसइई र कक्षा १२ को परीक्षाको मोडालिटी छिट्टै बनाउने

परीक्षाको मोडालिटीबारेमा छिट्टै निर्णय गर्ने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा कक्षा १०, (एसइई) र कक्षा १२ को परीक्षाको ढाँचाका विषयमा चाँडै निर्णय गर्नुपर्ने बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मन्त्री श्रेष्ठले परीक्षाको मोडालिटीबारेमा छिट्टै निर्णय गर्ने बताएका हुन् ।

मन्त्री श्रेष्ठले कोभिडमा शिक्षा क्षेत्रले गर्ने सहयोगको विषयमा मन्त्रालयले तत्काल छलफल गर्ने तयारी गरेको बताए । मन्त्रालयको पदभार ग्रहण गरेलगत्तै मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटीको) सन् २०२१–२०२५ को पाँचवर्षे रणनीतिसम्बन्धी अध्ययन गर्न कार्यदल बनाउने निर्णय गरेका छन् ।

पहिलो कार्यकालका कामको प्रगति सार्वजनिक
मन्त्री श्रेष्ठले पहिलोपटक शिक्षामन्त्री हुँदा गरेका कामकारबाहीको २०बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन् । १२ पुसदेखि पदभार गरेका मन्त्री श्रेष्ठले साढे चार महिनाको पहिलो कार्यकालमा २० महत्वपूर्ण काम गरेको सार्वजनिक गरेका छन् ।

मन्त्रीको पहिलो कार्यकालमा ६ अर्ब रुपैयाँबराबरको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याएको पहिलो बुँदामा उल्लेख गरेका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि आर्थिक वर्ष ०७७–७८ मा ६ हजार ३६ विद्यालयमा परियोजनाहरू सञ्चालन हुने गरी पाँच अर्ब सात करोड ४१ लाख ५० हजार वित्तीय हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को निर्णयबाट लामो समयदेखि कायम रहेको कक्षा ११ को पाठ्यक्रमको विवाद निरुपण गरेको, विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवको नियुक्ति गरी कार्यसम्पादनमा सहजीकरण गरेको, काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति नियुक्ति प्रक्रिया सम्पन्न गरेको उल्लेख छ । त्यसैगरी कोभिड– १९ को कारण अवरुद्ध भई ढिलाइ भएको कक्षा–१२ को परीक्षाको परिणाम उच्च शिक्षाको शैक्षिक क्यालेडरसमेतलाई प्रभाव नपर्ने गरी प्रकाशन गरेको, विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन गरी कार्य अघि बढाएको उल्लेख छ ।

खुद पुलमा रहेका दरबन्दीमध्ये चार सय ५५ शिक्षक दरबन्दीलाई एक स्थानीय तहबाट अर्को स्थानीय तह र एक जिल्लाबाट अर्को जिल्लामा मिलान गरेको, शिक्षण स्वयंसेवक परिचालन कार्यविधि, २०७७ जारी गरेको, दिवा खाजाको (मेनु) सार्वजनिक गरेकोलगायका कामलाई महत्वपूर्ण कामको सूचीमा राखिएको छ । –नयाँ पत्रिकाबाट साभार

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार