महामारी नियन्त्रणमा आएको टोलीलाई फर्काएर रजौटा प्रवृत्ति देखाएको भन्दै सुदूरपश्चिम सरकारमाथि खनिए प्रधानमन्त्री

मानवीय संकटका बेला एकजुट भएर काम गर्नुपर्नेमा राजनीति गर्न खोजेको आरोप

प्रधानमन्त्री ओली मुख्यमन्त्री भट्ट

धनगढी: प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्रीले प्रदेशका नाममा राज्य रजौटाको प्रवृत्ति देखाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । मानवीय संकटका बेला एकजुट भएर काम गर्नुपर्नेमा कतिपयले राजनीति गर्न खोजेको ओलीले बताएका छन् ।

बालुवाटारमा भएको सरोकारावालासँगको छलफलमा ओलीले महामारीमा के-कस्ता समस्या देखिएका छन् कसरी समाधान गर्न सकिन्छ भनेर संघ सरकारले सहयोग गर्न खोज्दा त्यसलाई अस्वीकार गरी प्रदेशलाई राज्यरजौटा जसरी चलाउन खोजेको टिप्पणी गरेका हुन् ।

ओलीले सुदूरपश्चिमले संघको सहयोग नलिएकोप्रति असन्तुष्टि जनाए । ओलीले भने, ‘यस्तोमा राजनीति गर्न छोड्नुहोस् । प्रदेश नम्बर ७ को सरकार, यहाँबाट के स्थिति छ भनेर मान्छे पठाउँदा हामीलाई चाहिदैन भनेर फिर्ता पठाउँछ । केन्द्रबाट मन्त्रीलाई अनुगमन गर्न पठाउँदा, सरसल्लाह गर्न पठाउँदा मान्छे फिर्ता पठाउँछ । जाउँ हाम्लाई चाहिदैन केही पनि । यो भन्दा के हुन्छ ? प्रदेशका नाममा, केका नाममा राज्य रजौटा भएर चलाउने प्रवृत्तिहरु । मानविय संकटका बेला रजौटे प्रवृत्ति उचित हुनसक्छ र ? ‘

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार