सांसद पद फिर्ताको आदेश माग गर्दै जसपाका चार नेता सर्वोच्च पुगे

जनता समाजवादी पार्टी

सांसद पद फिर्ताको आदेश माग गर्दै जसपाका चार नेता सर्वोच्च पुगे

काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा) को लुम्बिनी प्रदेशको सांसदबाट पदमुक्त भएका चार नेताले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । लुम्बिनी प्रदेश सरकारको मन्त्री समेत रहेका उनीहरुले आइतबार रिट निवेदन दर्ता गराएका हुन् ।

लुम्बिनी प्रदेश सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यदव, सुमन शर्मा र कल्पना पाण्डेले रिट निवेदन दर्ता गरेका हुन् । उनीहरुले उत्प्रेषणको आदेशबाट प्रदेशसभाको कारवाही बदर होस् भन्ने आदेश माग गरेका छन् ।

तत्कालीन समयमा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा सहभागी भएपछि उनीहरुलाई पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षले कारबाही गरेको थियो । मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका उनीहरू फेरि मन्त्री भई सरकारमा सहभागी भएका थिए ।

तर, पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरले उनीहरुलाई कारबाही नगरेको पत्र प्रदेशसभालाई पठाएका थिए । त्यसका बाबजुद पनि उनीहरुलाई कारबाही गरी पदमुक्त गरिएको थियो । उनीहरुलाई लुम्बिनीका प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले वैशाख १६ गते पदमुक्त गरेका थिए ।

सर्वोच्चमा आजदेखि संवैधानिक व्याख्या, मौलिक हक लगायतका मुद्दाहरुको पनि सुनुवाइ र रिट दर्ता हुने भएपछि रिट निवेदन दर्ता गराएका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार