कैलाली अस्पतालका अध्यक्ष जोशीद्धारा अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि ५१ हजार सहयोग

कैलाली अस्पतालका अध्यक्ष जनक जोशी

धनगढी: कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशीले अक्सिजन कन्सन्ट्रेटर खरिद अभियानमा आर्थिक सहयोग गरेका छन् । अस्पताकला अध्यक्ष जोशीले ५१ हजार सहयोग गरेका हुन् ।

जोशीले पछिल्लो समयमा विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएका छन् । उनले अक्सिजन कन्सन्ट्रेटर खरिद अभियानमा पनि सहयोग गरेका हुन् । जोशीले पछिल्लो समय कोरोना भाईरसका कारण धेरै नागरिकले अक्सिजन अभाबकै कारण ज्यान गुमाउँनु परेको भन्दै आर्थिक सहेगोग गरेको बताए । उनले रोटरी क्लब अफ धनगढीले थालेको अक्सिजन कन्सन्ट्रेटर खरिद प्रक्रियामा सवैको सहयोग आवश्यकता समेत रहेको जानकारी दिए ।

कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि प्रति घण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १ सय थान अक्सिजन कन्सन्ट्रेटर खदिर गरी अस्पतालहरुलाई वितरण गर्ने क्लबले निर्णय गरेको छ । सोही अनुसार सहयोग गर्नेहरु बढ्दै गएका छन् । विभिन्न व्यक्ती र संस्थाले यो अभियानमा सहयोग गर्दै आएका छन् ।

सोही अभियानका लागि क्लबलाई १ करोड ३० लाख रकम आवश्यक परेको हुँदा सबैलाई सहयोग गर्न अध्यक्ष तोयराज भट्टले आग्रह गरेका छन् । क्लबले सहयोग रकम रोटरी क्लब अफ धनगढीको एभरेष्ट बैंक लिमिटेड धनगढी शाखामा रहेको खाता नम्बर ०११००५०१२२५२३९ मा जम्मा गर्न आग्रह गरेको छ । सम्पर्कका लागि ९८५८४२०२२४, ९८४१६३३०००, ९८५८४२०१६३ र ८५८४२२४२७ मा फोन गर्न सकिनेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार