महाकाली बिजुली भन्डारका सञ्चालकद्धय भट्टद्वारा अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि ५५ हजार सहयोग

महाकाली बिजुली भन्डारका सञ्चालक करुनाकर भट्ट र नन्दराज भट्ट

धनगढीः महाकाली बिजुली भन्डारका सञ्चालकद्धय करुनाकर भट्ट र नन्दराज भट्टले रोटरी क्लब धनगढीले चलाएको अक्सिजन कन्सन्ट्रेटर खरिद अभियानमा आर्थिक सहयोग गरेका छन्।

उनीहरुले अक्सिजन कन्सन्ट्रेटर खरिदका लागी सहयोग पुगोस र अक्सिजनको अभावमा कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस भन्दै रु. ५५ हजार सहयोग गरेको जगदीस भट्टले जानकारी दिए ।

कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि प्रति घण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १ सय थान अक्सिजन कन्सन्ट्रेटर खदिर गरी अस्पतालहरुलाई वितरण गर्ने क्लबले निर्णय गरेको छ।

सोही अभियानका लागि क्लबलाई १ करोड ३० लाख रकम आवश्यक परेको हुँदा सबैलाई सहयोग गर्न अध्यक्ष तोयराज भट्टले आग्रह गरेका छन्। क्लबले सहयोग रकम रोटरी क्लब अफ धनगढीको एभरेष्ट बैंक लिमिटेड धनगढी शाखामा रहेको खाता नम्बर ०११००५०१२२५२३९ मा जम्मा गर्न आग्रह गरेको छ। सम्पर्कका लागि ९८५८४२०२२४, ९८४१६३३०००, ९८५८४२०१६३ र ८५८४२२४२७ मा फोन गर्न सकिनेछ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार