आज २८औँ मदन-आश्रित स्मृति दिवस

मदन-आश्रितको शालिकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माल्यार्पण गर्दै

मदन-आश्रित स्मृति दिवस

नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारी र पार्टीका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा आज २८औँ मदन-आश्रित स्मृति दिवस मनाइँदैछ ।

सत्तारुढ नेकपा एमालेले आफ्ना जनप्रिय नेताहरुको सम्झनामा विभिन्न कार्यक्रम गरेर स्मृति दिवस मनाउने तयारी गरेको छ । यसैक्रममा पार्टीको केन्द्रीय कार्यालय मदननगर, बल्खुमा रहेको मदन-आश्रितको शालिकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माल्यार्पण गर्दैछन् ।

कोरोना महामारीबाट बच्दै स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गरेर एमालेले देशभर मदन–आश्रित स्मृति दिवस मनाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुल्खुस्थित पार्टी मुख्यालय पुगेर त्यहाँ रहेको मदन–आश्रित शालिकमा माल्यार्पण गर्नेछन्।

जननेता भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका जनप्रिय व्यक्तित्व थिए । भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) नेपालसँगै विश्व कम्युनिष्ट आन्दोलनमा उच्च उपलब्धिको रुपमा लिइदै आएको छ ।

छोटो राजनीतिक जीवनमा सर्वाधिक लोकप्रिय बनेका भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी मृत्यु भएको थियो । उनीसँगै संगठन विभाग प्रमुख आश्रितको पनि सोही दुर्घटनामा मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार