उच्च रक्तचाप भएका मानिसका लागि कोरोना घातक हुनसक्ने, यी चिजहरूले दिनसक्छ राहत

उच्च रक्तचाप

कोरोना भाइरस उच्च रक्तचाप बिरामीहरूका लागि बढी खतरनाक साबित भइरहेको छ। मुटु, किड्नी र ब्रेनमा समेत असर गर्ने भएको कारण उच्च रक्तचापलाई जोखिमपूर्ण रूपमा लिइन्छ ।

उच्च रक्तचाप अक्सर तनाव, चिन्ता, अस्वस्थ आहार वा आनुवंशिक कारणका साथ मानिसका कारण हुन सक्छ।

कोरोनाको दोस्रो लहरमा हृदयघातका कारण मानिसहरूको मृत्यु भएको घटनाहरू सुनिरहेका छौँ । धेरै जसो केसहरूमा निको भएका मानिहरूमा पनि यो समस्या देखिनसक्छ । यस्ता समस्याहरू मुटुको मांसपेशीहरू कमजोर भएकोले देखिने विज्ञहरूले बताउदै आएका छन् ।

डाक्टहरूका अनुसार कोरोना संक्रमणको जोखिम कम गर्नका लागि विशेष ध्यान दिनु आवश्यक छ ।

कोरोनाको रिकभरी अवधि ५ देखि १० दिनको लागि धेरै गम्भीर हुन्छ, यस समयमा रक्तचापलाई नियन्त्रणमा राख्नु धेरै महत्त्वपूर्ण हुन्छ। यसका लागि निम्न कुरामा ध्यान दिनु आवश्यक छ :

डाइट 
कोरोना संक्रमण समयमा उच्च रक्तचाप बिरामीहरूले आफ्नो आहारमा विशेष ध्यान राख्नु पर्छ। तिनीहरूले पोटासियमयुक्त फल र तरकारीहरू खानुपर्दछ। यस्तो समस्या भएका विरामीहरूले सुन्तला, केरा, पालक र ब्रो काउली जस्ता चिजहरू खानु फाइदाजनक हुन्छ ।

सोडियम
उच्च रक्तचाप बिरामीहरूलाई खानामा नुनको मात्रा घटाउन सल्लाह दिइन्छ। त्यस्ता व्यक्तिहरूले प्याकेजिङ गरिएको खाना वा केही सुप जस्ता चिजहरूको सेवन गर्नुहुँदैन । सोडियमले रक्तचाप बढाउने कार्य गर्न सक्छ।

निन्द्रा

निन्द्राले मानिसको स्वास्थ्यलाई सिधा असर गर्दछ । ८ घण्टाको पर्याप्त निन्द्रा मानिसको रक्तचाप नियन्त्रण गर्न निकै प्रभावकारी हुन्छ ।

डाक्टरहरूका अनुसार ६ घण्टा वा यसभन्दा कम निदाउने मानिसमा उच्च रक्तचापको सम्भावना बढी हून्छ । यसकारण हामीले पर्याप्त निदाउने कोशिश गर्नुपर्दछ ।

स्वास्थ्य जाँच र आनुवंशिक परीक्षण 

परिवारका एक सदस्यमा यस्तो समस्या छ भने आनुवंशिक कारणले गर्दा पनि उच्च रक्तचापको समस्या हुनसक्छ ।

तपाईंको समग्र स्वास्थ्य अवस्थाबारे आनुवंशिक परीक्षणले अझ राम्रोसँग बुझ्न सकिन्छ, किनकि यस रोगले हाम्रो आँखा, किड्नी र मुटुमा असर गर्न सक्छ। पूर्ण शरीर जाँचले तपाईंलाई राम्रो जीवनशैली र तपाईको स्वास्थ्यबारे बताउन सक्छ ।

यस अवस्थामा, केहि व्यक्तिले नियमित तवरले रक्तचापबारे थाहा पाउनु पर्दछ । जसले गर्दा तिनीहरू सम्भावित रोगहरूको जोखिम बढ्न भन्दा पहिले रोक्न सकिन्छ।

नियमित औषधीहरूको प्रयोग 
उच्च रक्तचापका बिरामीहरूले नियमित रूपमा उनीहरूको औषधि लिनु पर्छ। रक्तचाप सामान्य छ भने पनि उनीहरूले औषधीहरू छाड्नु हुँदैन। यदि तपाईं उपचारमा कुनै प्रकारको परिवर्तन गर्दै हुनुहुन्छ भने, कृपया आफ्नो डाक्टरसँग यस बारेमा  सल्लाह गर्नुहोस् । यद्यपि यस्तो अवस्थामा पनि उनीहरूले आफ्नो उपचारमा सम्झौता गर्नु हुँदैन।

स्टेरोइड्स 
यदि कोरोनाका कारण उच्च रक्तचाप भएका बिरामीहरूको स्वास्थ्य बढी खराब भएमा उनीहरूलाई डाक्टरको सल्लाहमा स्टेरोइड दिन सकिन्छ। यद्यपि, चाडै रिकभरी हुने चक्करमा उच्च रक्तचापका बिरामीका लागि ड्रग वा स्टेरोइड भुलेर पनि नदिनुहोस् । यसबाट फाइदाभन्दा बढी नोक्सान पुर्याउँदछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार