कैलालीमा ३ सय ७० क्यूफीट सालको गोलिया फेला

झन्डै चार लाख मुल्य बराबरको सालका गोलिया फेला

सालको गोलिया

धनगढीः कैलालीको गौरीगंगा नगरपालिकामा ३ सय ७० क्यूफीट सालको गोलिया फेला परेको छ।

सब–डिभिजन वन कार्यालय बडैपुरका अनुसार नगरपालिकाको वडा नम्बर ७ कम्दामा झण्डै बेवारिसे अवस्थामा रहेको झन्डै चार लाख मुल्य बराबरको सालका गोलिया फेला परेको हो। शनिबार फेला परेको ३ सय ७० क्यूफीट सालका गोलिया डिभिजन वन कार्यालय धनगढी ल्याइएको सब–डिभिजन वन कार्यालय बढैपुरका प्रमुख चन्द्र भण्डारीले बताए।

काठ तस्करीको हुन सक्ने अनुमान गरिएको छ। तस्करका बारेमा भने वन कर्मचारी अनभिज्ञ छन्।  सो बिषयमा अनुसन्धान थालिएको वन कार्यालयले बताएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार