लकडाउनमा यस्तो देखियो पुर्चौडी हाट बजार, अपनाइँदैनन् स्वास्थ्य सुरक्षाका मापदण्ड (फोटो समाचार)

निषेधाज्ञाको प्रभाव न्यून स्थानीय प्रशासन मौन !

Baitadi Purchaudi
बैतडीः अहिले कोरोना महामारी (कोभिड-१९) बाट श्रीजीत लकडाउनको चपेटामा छ, सारा विश्व ।
कोरोना महामारीबाट बच्न र बचाउन नेपाल सरकारले पनि देशका विभिन्न जिल्लाहरूमा लकडाउन अर्थात् निषेधाज्ञा जारी गरेको छ । सोही अनुरूप बैतडी जिल्लाका सबै स्थानियतहहरुमा समेत लकडाउन जारी गरिएको छ । अत्यावश्यक काम बाहेक बाहिर हिँडडुल नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।
तर, जिल्लाको पुर्चौडी नगरपालिका वडा नंं. १ मा अवस्थित नगर क्षेत्रको मुख्य बजार जहाँ नगरपालिकाको कार्यालय र अन्य विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका साथै प्रहरी प्रशासन लगायतका निकायहरूको समेत प्रत्यक्ष उपस्थिति रहने भए पनि सो बजार क्षेत्रमा स्वास्थ्य सुरक्षाका मापदण्ड भने सर्वसाधारण होस या व्यापारी कसैले पनि अपनाइएको देखिँदैन ।
बजार क्षेत्रमा स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरिएका सूचना सामग्री पनि टाँस गरिएको छैन भने अनुगमन कर्ता निकायहरूको उपस्थिति पनि न्यून देखिन्छ ।
लकडाउनको समया अवधिभर बिहानको समयमा खाद्यान्न, तरकारी र औषधी पसल बाहेक अन्य सबै पसल व्यापार व्यवसायहरू बन्द गर्ने प्रशासनले निर्णय गरेको भए पनि यहाँका केही व्यापारीहरूले नगरपालिका र प्रशासनद्वारा जारी निर्देशनको ठाडो उल्लङ्घन गरेको पाइएको छ ।
अत्यावश्यक सेवाका पसलहरूमा समेत स्वास्थ्य सुरक्षाका मापदण्ड अन्तरगतका  मास्क, स्यानिटाइजर, सर्जिकल गल्वस लगायतका सुरक्षाका समानहरू केही पनि प्रयोग गरिएको छैन ।
जहाँ हार्डवेयर, सुनचाँदी, होटेल, कपडा पसल लगायतका केही व्यवसायीहरुले निर्धक्क ग्राहक कुर्दै व्यापार गरिरहेका छन्, लाग्छ कि उनीहरूलाई कोरोना नै छैन र नगर प्रशासन ले कुनै निर्देशन आग्रह नै गरेको छैन ।
सोही व्यापारीहरूको भिडमा किनमेल गर्न आउने नागरिक वर्ग पनि उत्तिकै गैर जिम्मेवार र लापरवाह देखिएको छ । धेरैले मास्कको प्रयोग गरेका छैनन् । लगाउने हरुले नाकमुनि, चिउँडोमुनि मास्क लगाएर हानिरहेका छन् । सायद नगर प्रशासन अनुगमन र कार्यान्वयनमा चुकेकै कारण यस्तो महामारीको समयमा  पनि जोखिम मोली रहेका छन् । र उनीहरूलाई यो सम्म थाहा छैन की मृत्यु हामीलाई खोज्दै आइरहेको छैन बल की हामी आफै स्वयम मृत्युको मुखमा गइरहेका छौँ ।
नगरपालिकाको केन्द्रको हविगत त यस्तो छ भने नगरपालिका भित्रका अन्य वडा र बजारहरूको पनि अवस्था राम्रो होला भन्न सकिने अवस्था छैन । बाँकी हेर्नुहोस् बैतडीको पुर्चौडी नगरपालिका वडा.नं. १ मा अवस्थित पुर्चौडी नगरपालिकाकै मुख्य बजार क्षेत्रको लापरवाह दृश्य जस्ताको त्यस्तै…   

बैतडीको पुर्चौडी हाट बजार

बैतडीको पुर्चौडी हाट बजार

बैतडीको पुर्चौडी हाट बजार

बैतडीको पुर्चौडी हाट बजार

बैतडीको पुर्चौडी हाट बजार

बैतडीको पुर्चौडी हाट बजार

बैतडीको पुर्चौडी हाट बजार

बैतडीको पुर्चौडी हाट बजार

बैतडीको पुर्चौडी हाट बजार

बैतडीको पुर्चौडी हाट बजार

बैतडीको पुर्चौडी हाट बजार

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार