ह्युमानिटी फाउण्डेसनद्धारा नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिमलाई स्वास्थ्य सामग्री हस्तान्तरण

स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा महासङ्घद्वारा आभार व्यक्त

स्वास्थ्य सामाग्री उपलब्ध

धनगढी: ह्युमानिटी फाउन्डेसनले नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कोरोना भाइरसको महामारीमा अग्रपङ्क्ति खटिएका पत्रकारका लागि दुई सय वटा स्यानिटाइजर र दुई हजार थान मास्क हस्तान्तरण गरिएको हो ।
फाउन्डेसनका उपाध्यक्ष पुष्कर ओझा र कोषाध्यक्ष मानसिंह साउदले पत्रकार महासङ्घका सुदूरपश्चिम प्रदेश सचिव हरि प्रसाद जोशीलाई मास्क र स्यानिटाइजर हस्तान्तरण गरेका हुन् ।

महामारीमा जोखिम मोलेर समाचार सङ्कलनमा खटिएका नौ वटै जिल्लाका पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरिने सचिव जोशीले जानकारी दिनुभयो। साथै सचिव जोशीले स्वास्थ्य सामाग्री उपलब्ध गराउने फाउन्डेसन प्रति आभार व्यक्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार