पूर्वसभामुखहरु को एकमत भन्छन्, प्रतिनिधिसभा विघटन असंवैधानिक

सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन गरिएको दाबी

पूर्वसभामुखहरु

काठमाडौं: पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी पूर्वसभामुखहरु संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन गरिएको दाबी गरेका हुन् । ‘जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भयो, यो असंवैधानिक छ । जनताप्रति उत्तरदायी कदम होइन,’ छलफलमा सहभागी पूर्वसभामुख ओनसरी घर्ती मगरले जानकारी दिइन् ।

बैठकमा पूर्वसभामुख घर्तीसँगै कृष्णबहादुर महरा र रामचन्द्र पौडेल उपस्थित थिए भने एक जना भर्चुअल माध्यमबाट उपस्थित थिए । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ भने बैठकमा उपस्थित थिएनन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार