सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मल्लको निधन !

मोहनराज मल्लको उपचारको क्रममा निधन

सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मल्लको निधन !

मोहनराज मल्लको उपचारको क्रममा निधन

सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख माननीय मोहनराज मल्ल

धनगढी: कैलाली जिल्लाका पुराना राजनीतिज्ञका रूपमा चिनिएका सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख माननीय मोहनराज मल्लको उपचारको क्रममा निधन भएको छ ।

लामो समय देखी निमोनियाको उपचार गराइरहेका मल्लको कोरोना सक्रमणका कारण निधन भएको हो । उनको काठमाडौँ स्थित निदान अस्पतालमा उपचाररत मल्लको आज बिहान ७ बजेतिर निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए ।

चार दशक भन्दा अघिदेखि कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै का नेपाली काँग्रेसका महासमिति सदस्य समेत भएका थिए ।

बि. सं. २०३७–२०४६ सम्म राष्ट्रिय पञ्चायतका सदस्य भएका थिए । २१ वर्षको उमेरबाटै राजनीतिमा लागेका मल्लले २०२८ सालमा डोटी बोगटान अन्तर्गत पण्डौन गांउ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष , ०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहकार र त्रिभुवन विश्व विद्यालयको सभासद् भएका थिए ।

पञ्चायत र पछिका दिनमा राप्रपाको राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधानसभा अघि नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

कैलालीको भजनी नगरपालिका –१ मा जन्मेका मल्ल त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर हुन । उनले स्तात्तोकोत्तरमा प्रथम श्रेणीमा प्रथम भएर महेन्द्र भूषण पदक पनि पाएका थिए ।

उनले विद्यालय, प्रमाणपत्र र स्नातक तहको अध्ययन भारतको उत्तर प्रदेश राज्यको लखनउबाट पुरा गरेका थिए । मल्लका १ छोरा र १ छोरी छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार