सुदूरपश्चिम सरकारमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

 सुदूरपश्चिम सरकार

सुदूरपश्चिम सरकार

कैलाली: सुदूरपश्चिम सरकारमा नवनियुक्त चार मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नवनियुक्त सामाजिक विकास मन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी र उद्योग वन तथा वातावरण मन्त्री मानबहादुर धामीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

त्यस्तै राज्यमन्त्रीहरू चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनारले पनि शपथ ग्रहण गरेका छन् ।

प्रदेशका सरकार मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रवार सरकार पुनर्गठन गरेका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार