बाढी-पहिरोको जोखिम बढेकोले सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय बैतडीको आग्रह !

मनसुन अगावै धेरै वर्षा–बाढी, पहिरो, मेघ गर्जन सहित चट्याङको जोखिम

जिल्ला प्रशासन कार्यालय बैतडीद्वारा जारी सूचना
बैतडीः मनसुन सुरु हुनु अगाडी नै धेरै वर्षा भइरहेको र त्यसले बाढी, पहिरोको जोखिम बढेकोले सबै बैतडी वासीलाई सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ ।
कार्यालयका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीद्धारा सबै स्थानीय तहलाई सम्बोधन गर्दै जारी गरेको सूचनामा भनिएको छ, ‘हामी अहिले कोभिड–१९ को दोस्रो महामारीको सामना गरिरहेका छौँ । यति वेला मनसुन सुरु हुन अधि नै धेरै पानी परी बाढी, पहिरोको जोखिम बढेकोले बैतडी वासीलाई सुरक्षित रहन आग्रह गर्दछौँ ।’
त्यस्तै, जल तथा मौसम विज्ञान विभागका अनुसार मिति २०७८ जेठ १३, १४ र १५ गते सुदूरपश्चिम प्रदेशमा मेघ गर्जन÷चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना का साथै उच्च पहाडी भूभागमा हल्का देखि मध्यम खालको वर्षा, हिमपात हुनसक्ने भएकोले यस्तो विपद्को समयमा  ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, बानबालिको विशेष ध्यान दिन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीद्वारा जारी सूचना जस्ताको त्यस्तै हेर्नुहोस्, 
जिल्ला प्रशासन कार्यालय बैतडीद्वारा जारी सूचना

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार