सुदूरपश्चिममा कोरोना संक्रमण र मृत्युदर घट्यो !

आईसीयूमा ४७ र भेन्टिलेटरमा १० जनाको मात्र उपचार हुदै

सुदूरपश्चिममा कोरोना संक्रमण

धनगढी: सुदूरपश्चिम प्रदेशमा संक्रमण र मृत्युदर दुवैमा कमी आएको छ ।

वैशाख २० देखि २७ गतेसम्म सुदूरपश्चिम प्रदेशमा कूल परीक्षणको ३७.२ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको थियो । कैलालीसहित प्रदेशका विभिन्न प्रयोगशालामार्फत यो एक हप्ताको अवधिमा १३ हजार २२२ जनाको परीक्षण गर्दा ५ हजार १८१ जनामा संक्रमण पुष्टि भएको थियो । यही अवधिमा ११३ जनाको मृत्यु भएको थियो ।

जेठ १७ गतेसम्म आइपुग्दा संक्रमण दर झण्डै २३ प्रतिशत र मृत्युदर २.१५ प्रतिशतले कम भएको पाइएको छ । अघिल्ला तीन हप्ताको तुलनामा सबैभन्दा धेरै १४ हजार ९१४ जनाको परीक्षण गर्दा यो हप्ता सबैभन्दा कम ३ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसलाई हेर्दा परीक्षण गरिएकामध्ये २२ प्रतिशत संक्रमण देखिएको पाइन्छ । यस्तै ३३ जनाको मात्रै मृत्यु भएको छ ।

यो साता एकै दिन सबैभन्दा कम ३ जनाको मृत्यु र २९५ जनामा संक्रमण पुष्टि भएको छ । २.२४ प्रतिशत पुगेको मृत्युदर घटेर ०.०९ प्रतिशतमा झरेको छ ।

जेठ ११ गतेदेखि प्रदेशमा संक्रमण कम हुँदै गएको देखिन्छ । ११ जेठमा २ हजार २५२ जनाको परीक्षण गर्दा ६१९ जनामा संक्रमण पुष्टि भएको थियो भने ९ जनाको मृत्यु भएको तथ्यांक छ । यस्तै १२ जेठमा सबैभन्दा धेरै ३ हजार ८२२ जनाको परीक्षण गर्दा ४३७ जना संक्रमण देखिएको थियो भने ५ जनाको मृत्यु भएको थियो । यो साता संक्रमणदर झण्डै आधा र मृत्युदर चार गुणाले कम भएको तथ्यांकमा देखिन्छ ।

वैशाख २० देखि २७ गतेसम्म आईर्सीयूमा २७७ र भेन्टिलेटरमा ९३ जनाको उपचार गरिएकोमा पछिल्लो ७ जना आईसीयू ३३८ र भेन्टिलेटरमा ७८ जना उपचाररत थिए । अहिले त्यो भन्दा पनि घटेर आईसीयूमा ४७ र भेन्टिलेटरमा १० जनाको मात्र उपचार भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । -अनलाइनखबरबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार