कैलालीमा ट्राफिक प्रहरीका लागि आँखा शिविर, कति जनाले गरे आँखा चेकजाँच ?

आवश्यक सबैलाई निःशुल्क चश्मा र औषधि वितरण

कैलालीमा ट्राफिक प्रहरीका लागि आँखा शिविर

धनगढीः कैलालीमा प्रहरीका लागि सञ्चालन गरिएको आँखा शिविर सम्पन्न भएको छ। क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय तथा च्यारिटी हेल्थ फाउन्डेसन नेपालको संयुक्त आयोजना र धनगढी नेत्रालय आँखा अस्पतालको प्राबिधिक सहयोगमा दुई दिने आँखा शिविर सञ्चालन गरिएको थियो।

उक्त शिविरमा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय मातहत रहेका ट्राफिक प्रहरीहरु र इलाका प्रहरी कार्यालय अत्तरियामा कार्यरत प्रहरी कर्मचारीहरुको आँखा चेकजाँच गरिएको थियो।  कोभिड १९ को महामारीमा अग्रपंत्तिमा  खटीएका प्रहरीहरुको आँखा स्वास्थ्यलाई मध्यनजर गर्दै आँखा शिविर सञ्चालन गरिएको बताइएको छ।

उक्त शिविरबाट ११ महिला र १३५ पुरुष गरि १४६ जना प्रहरी कर्मचारीहरुको निःशुल्क आँखा जाँच गरेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले बताए।

यस्तै आवश्यक सबैलाई निःशुल्क औषधि वितरण गरिएको छ भने २४ जनालाई निःशुल्क चश्मा समेत वितरण गरिएको गौतमले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार