यो वर्ष एसईईका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन नपाउने

राष्ट्रिय परीक्षा बोर्ड

राष्ट्रीय परिक्षा बोर्ड

माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीले यो वर्ष पुरक ग्रेडवृद्धि परीक्षा दिन नपाउने भएका छन्। कोभिड-१९ महामारीका कारण एसईईको नतिजा विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा सार्वजनिक गरिने भएकाले ग्रेडवृद्धि परीक्षा सञ्चालन नहुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डका अनुसार, यो वर्ष नतिजा प्रकाशन पश्चात् उत्तरपुस्तिका पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, उत्तरपुस्तिका पुनः परीक्षण गराउने र पूरक ग्रेडवृद्धि परीक्षा नहुने भएको छ। बोर्डले परीक्षा सञ्चालन गरेका बेला विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षाको अवसर दिइन्थ्यो।

एसईईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८ मा विद्यार्थीको अन्तिम मूल्यांकनका लागि विद्यालयले प्रधानाध्यापकको नेतृत्वमा अंग्रेजी, गणित र विज्ञान शिक्षक तथा वरिष्ठ शिक्षक सम्मिलित पाँच सदस्यीय मूल्यांकन समिति गठन गर्ने व्यवस्था गरिएको छ।

सैद्धान्तिकतर्फ कुनै पनि विषयमा ८० प्रतिशतभन्दा बढी अंक दिँदा सम्बन्धित विषयगत शिक्षकले कैफियत महलमा ठोस कारण खुलाउनुपर्ने कार्यविधिमा उल्लेख छ।

कोभिड-१९ का कारण लगातार दोस्रो वर्ष एसईईको नतिजा विद्यालयको आन्तरिक मूल्यांकनबाट हुन लागेको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार