सुदूरपश्चिम प्रदेश र स्थिानिय सरकारद्वारा शुक्रवार संयुक्तरुपमा गौरीफन्टा नाकाको अनुगमन !

सुदूरका सबै नाका व्यवस्थित र प्रविधिमैत्री बनाइने

सुदूरपश्चिम प्रदेश र स्थिानिय सरकारद्वारा शुक्रवार संयुक्तरुपमा गौरीफन्टा नाकाको अनुगमन

धनगढी: सुदूरपश्चिम प्रदेश सरकार तथा स्थिानिय तहहरूले शुक्रवार संयुक्तरुपमा कैलालीको त्रिनगर भन्सार नाका (गौरीफन्टा) नाकाको अनुगमन तथा निरीक्षण गरेका छन् ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाको दोस्रो लहर सङ्क्रमण दरमा केही कमी आएको बेला पछिल्लो समय कोरोना भाइरस (कोभिड(१९)को तेस्रो भेरिअन्ट विभिन्न मुलुकमा देखिएको चर्चा चलिरहेको छ । सो तेस्रो भेरिअन्ट नेपापाला पनि आउन सक्ने खतरालाई मध्यनजर गर्दै आज सुदूरपश्चिम प्रदेश सरकारको  प्रवक्ता समेत रहनुभएकी आर्थिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी, भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ ब. सोडारी, सामाजिक विकास मन्त्री लाल बहादुर खड्का धनगढी उप-महानगरपालिकाका नगर प्रमुख नृप ब. वड तथा कञ्चनपुरका सम्बन्धित स्थिानिय निकायका जनप्रतिनिधि लगायत कैलाली कञ्चनपुर जिल्लाका उच्चपदस्थ कर्मचारीहरूको टोलीले नाकाको अनुगमन तथा निरीक्षण गरेको हो ।

सुदूरपश्चिम प्रदेशको मुख्य नाकाकोरुपमा रहेको कैलालीको त्रिनगर भन्सारबाट भारत लगायत तेस्रो मुलुकबाट सबैभन्दा बढी स्वदेशी तथा विदेशी नागरिकहरू नेपाल प्रवेश गर्ने गर्दछन् । सो नाकालाई व्यवस्थित गर्न सके सुदूर लगायतका नेपाली नागरिकहरूलाई कोरोनाको तेस्रो भेरियन्ट तथा अन्य खतरा बाट सुरक्षित राख्न सकिने भएकोले अनुगमन साथै संरचना निर्माणको पहिलो प्राथमिकतामा सो नाका परेको अनुगमनमा सहभागी मन्त्रीहरू तथा सरोकारवालाहरूको भनाई रहेको छ ।

त्रिनगर भन्सार अर्थात् गौरीफन्टा नाकाको निरीक्षणमा सहभागी सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्ता समेत रहनुभएकी आर्थिक मामिला तथा कानुन मन्त्री पूर्ण जोशीले सञ्चारकर्मीहरू सँग प्रतिक्रिया दिने क्रममा कोरोना महामारीको तेस्रो भेरिअन्ट आउन सक्ने खतरलाई मध्यनजर गर्दै हामीले होलडीङ सेन्टर लगायतका संरचना निर्माणको लागी प्रदेश र स्थिानिय सरकारको एकीवद्धता सहितको स्थलगत अनुगमन रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो अनुगमन पनि हो साथै संरचना निर्माण गर्नैको निम्ति प्रदेश र स्थिानिय सरकारको एकीवद्धता पनि हो । हामी स्थिानिय तह प्रदेश सरकार मिलेर कोरोना महामारी मात्र नभई अन्य महामारीका साथै यात्रु हरूलाई आउन सक्ने समस्या समाधान गर्न, सिमाना हुनसक्ने तस्करी लगायतका समस्याहरूको समाधान र सुरक्षाको निम्ति प्रविधि मैत्री तथा व्यवस्थित संरचना बनाउन लागेका हौँ ।’ उहाँले भन्नुभयो ।

त्यस्तै, त्रिनगर भन्सारको निरीक्षणमा सहभागी सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले पनि कोरोना महामारीको तेस्रो भेरिअन्ट आउने विषयले चर्चा पाएको र यसको समाधानका साथै सीमा नाकामा आउने यात्रुहरूलाई सास्ती नहोस् भनी भारत सँग जोडिएका सुदूरपश्चिमका सम्पूर्ण सिमा नाकाहरुमा यात्रु होल्डिङ सेन्टरको  निर्माण कार्यको थालनी स्वरूप संयुक्त रूपमा निरीक्षण गरिरहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘कोरोना भाइरसको तेस्रो भेरिअन्ट आउने विषय अहिले चर्चाको र छलफलको विषय बनेको छ । त्यसको सामना गर्न यो हाम्रो पूर्व तयारी हो । हामी त्रिनगर सीमा नाका मात्र नभई, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुला घाट र  दार्चुला सिमा नाकाहरु व्यवस्थित बनाउँदै छौँ । यसका साथै हामी यी सबै नाकाबाट सुदूरपश्चिम भित्रिने नागरिकहरूको कोरोना परीक्षण गर्छौँ र आवश्यकता अनुसार औषधोपचारका साथै सम्बन्धित पालिका सम्म पुग्न यातायातको समेत व्यवस्था र्गर्छौं ।’ उहाँले भन्नुभयो ।

त्यस्तै, संयुक्त अनुगमनमा रहेका कैलालीको धनगढी उप(महानगरपालिकाका नगर प्रमुख नृप ब. वडले प्रदेश सरकारको सहयोगमा भारत सँग जोडिएका कैलाली तथा सुदूरका विभिन्न नाकाहरु पुर्णरुपमा व्यवस्थित हुने र जनताले स्वदेश फर्किदा होस् या जाँदा हरेक तवरको सुरक्षा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार