असार ५ गते डडेल्धुरामा मृत भेटिएकी अस्मितादेवी धामीको अन्त्येष्टि !

आफन्तले शव बुझेपछि मंगलबार उनको अन्तेष्टि

असार ५ गते डडेल्धुरामा मृत भेटिएकी अस्मितादेवी धामीको अन्त्येष्टि !

आफन्तले शव बुझेपछि मंगलबार उनको अन्तेष्टि

डडेल्धुरामा मृत भेटिएकी अस्मितादेवी धामीको अत्येष्टि

डडेल्धुरा: जंगलमा मृत फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मितादेवी धामीको अत्येष्टि गरिएको छ। मृत भेटिएकी अस्मिताको सोमबार शव परीक्षण भएपछि आफन्तले बुझेका थिए। आफन्तले शव बुझेपछि मंगलबार उनको अन्तेष्टि गरिएको हो।

आधारभूत स्वास्थ्य केन्द्र जमरानीमा कार्यरत कार्यालय सहयोगी धामी असार ५ गते मृत अवस्थामा फेला परेकी  थिइन्। शव भेटिएको तीन दिनपछि मात्रै सोमाबार अस्मिताको पोष्टमार्टम भएको थियो।

धामीको हत्या गरिएको स्थानीयको दाबी छ। यद्यपि, प्रहरी अनुसन्धान सकिएको छैन्। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार