कैलाली जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा कराँते खेलाडी ललित खत्री चयन !

सामाजिक विकास मन्त्री लालबहादुर खड्काद्वारा शपथ ग्रहण गराइयो

कैलाली जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा कराँतेका खेलाडी ललित खत्री
धनगढीः कैलाली जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा ललित खत्री चयन भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले खत्रीलेको शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहको पनि उपस्थिति रहेको थियो । यस्तै प्रदेश खेलकुद परिषद्को सदस्यमा मनोनीत संञ्जिता चौधरीलाई पनि शपथ ग्रहण गराइएको छ ।
कैलाली जिल्ला अध्यक्ष खत्री लामो समयदेखि खेलकुदमा आबद्ध रहँदै आएका छन् । कराँतेका खेलाडी रहेका खत्रीले देश विदेशमा विभिन्न पदकहरू पनि जितेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार