अछामको चौरपाटी गाउँपालिकाले ल्यायो ४२ करोड बढी बजेट, प्राथमिकतामा परे स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार

२०७८/७९ का लागि ४२ करोड रुपैयाँ बढीको बजेट

चौरपाटी गाउँपालिकाले ल्यायो ४२ करोडको बजेट

अछाम: जिल्लाको चौरपाटी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४२ करोड रुपैयाँ बढीको बजेट ल्याएको छ । नवौँ गाउँभाबाट नगरपालिकाले बिहीबार नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।

गाउँपालिकाकी उपाध्यक्ष माया कुँवरले आर्थिक वर्ष २०७८/७९ का लागि कुल ४२ करोड ३ लाख ८८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । गाउँपालिकाले सङ्घीय सरकारबाट प्राप्त सशर्त अनुदान १९ करोड ५८ लाख, बितिए समानीकरण अनुदानबाट ९ करोड ५४ लाख, विशेष अनुदान ५४ लाख, समपूरक अनुदान ५४ लाख, राजश्व बाँडफाँड ८ करोड ६९ लाख ७९ हजार रुपैयाँ अनुमान गरेको छ ।

यसै गरी प्रदेश सरकारबाट बाँडफाँट हुने वित्तीय समानीकरण अनुदान ६५ लाख ५२ हजार, विशेष अनुदान ५० लाख, समपूरक अनुदान ५४ लाख ९३ हजार, राजस्व २३ लाख ६४ र आन्तरिक आय १ करोड २० लाख रुपैयाँ प्राप्त हुने बजेट अनुमान गरेको छ ।

गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँदले स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार