गोदावरी नगरपालिकाले ल्यायो १ अर्ब १८ करोडको बजेट

उप-प्रमुख रत्ना कडायतद्धारा निती कार्यक्रम र बजेट सार्बजनिक

उप(प्रमुख रत्ना कडायतद्धारा निती कार्यक्रम र बजेट सार्बजनिक

धनगढी: कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८–७९ को निती कार्यक्रम तथा बजेट सार्बजनिक गरेको छ। बिहीवारबाट सुरु भएको नगरसभामा उप-प्रमुख रत्ना कडायतले निती कार्यक्रम र बजेट सार्बजनिक गरेकी हुन।

नगरसभामा कडायतले १ अर्ब १८ करोड ७१ लाख ५७ हजारको बजेट प्रस्तुत गरेकी छन्। यो चालु आर्थिक बर्षको भन्दा झन्डै १० करोडले बढि हो। कुल बिनियोजित बजेटमध्ये चालु तर्फ ६६ करोड २२ लाख ९७ हजार अर्थात ५५ दशमलब ७९ प्रतिशत बजेट राखिएको छ। त्यस्तै पुँजीगत तर्फ ५२ करोड ४८ लाख ६० हजार अर्थात ४४ दशमलब २१ प्रतिशत बजेट राखिएको छ।

नगरपालिकाले संघिय सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदानबाट रु. २० करोड ३५ लाख, सशर्त अनुदानबाट रु. ३८ करोड ५ लाख, राजश्व बाँडफाडँबाट रु. १४ करोड, ३३ लाख ८१ हजार र विशेष अनुदानबाट रु. १ करोड राखेको छ ।

यसैगरी प्रदेश सरकारबाट बाँडफाँड हुने वित्तिय समानीकरण अनुदान रु. १ करोड ५१ लाख ३५ हजार, राजश्व रु. ५ करोड १० लाख ९९ हजार, आन्तरिक आयबाट रु. ११ करोड ७५ लाख ४२ हजार ५ सय र संचित कोषको मौज्दातबाट रु. २६ करोड ४९ लाख ९९ हजार ५ सय प्राप्त हुने गरि बजेट अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार