बिहीबार सुदूरपश्चिममा ३४१ जना संक्रमितले जिते कोरोना !

संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य

सुदूरपश्चिममा कोरोना संक्रमण

धनगढीः सुदूरपश्चिम प्रदेशमा बिहीबार कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य भएको छ। यस्तै ३४१ जना संक्रमित निको भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशभरमा ८३४ नमुना परीक्षण गरिएको छ। जसमध्ये ५७ जनामा संक्रमण पुस्टि भएको छ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ५७ हजार ८३२ नमुना परीक्षण गर्दा ४३ हजार ४०२ जनामा संक्रमण पुस्टि भएको छ भने ५७० जनाको मृत्यु भएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार